Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

साढे ५१ लाख मूल्य बराबरको अवैध विद्युतीय सामग्री नियन्त्रणमा

loading views..
Nepal Telcome

वीरगञ्ज। पर्सा प्रहरीले ठूलो मात्रामा कम्प्युटर, ल्यापटप लगायतका अवैध इलेक्ट्रिक सामग्रीहरू नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगञ्ज – ५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट भन्सार छली चोरी पैठारी गरेर ल्याइएको कम्प्युटर, ल्यापटप लगायतका कम्प्युटर र इलेक्ट्रिक सामग्रीहरू बरामद गरेको हो ।
बरामद सामग्रीको अनुमानित बजार मूल्य ५१ लाख २६ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो । डिएसपी थापाका अनुसार सिंहले आफ्नो चार तल्ले घरमा अनधिकृत रूपले भन्सार छली चोरी पैठारी गरी ल्याएका कम्प्युटर, ल्यापटप तथा इलेकट्रोनिक्स सामानहरू भण्डारण गरेर राखेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटी नेतृत्वको प्रहरी टोलीले छापामारी गरेको थियो ।छापामारी गर्ने क्रममा सिंहको चार तल्ले घरको भुईँ तल्लामा सूचना अनुसार नै बिलबिजक नभएको कम्प्युटर, ल्यापटप तथा इलेकट्रोनिक्स सामानहरू अनधिकृत रूपमा भण्डारण गरेर राखिएको पाएको थियो । प्रहरीले बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताउनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link