Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

पोखरामा बस दुर्घटना!

loading views..
Nepal Telcome

पोखरा। पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस हिजो दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् । पुम्दीकोटतर्फ जाँदै गरेको ग१ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link