Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा भुकम्प पिडितलाई एक करोड सहयोग

loading views..
Nepal Telcome

काठमाण्डु। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार एक कार्यक्रमकाबीच एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ ट्रान्सफर गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link