Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल आइपुग्यो भारतले दिएको मुर्रा राँगा, कहाँ- कहाँ हुँदैछ वितरण ?

loading views..
Nepal Telcome

पोखरा। दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई दिने भनेको १५ वटा मुर्रा राँगा नेपाल आइपुगेको छ ।राँगाहरु बुधबार बेलुकी नेपालगञ्जको रूपैडिया नाकामा पशु सेवा विभागका कर्मचारीले बुझेका छन् । भारतले रुपैडिाया नाकामा ल्याएर नेपालका अधिकारीहरुलाई १५ वटा मुर्रा राँगा बुझबुझारथ गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठ१८ देखि २१ सम्म नयाँ दिल्ली भ्रमणमा रहेका बेला भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा अनुदानमा दिने बताएको थियो । त्यसपछि संसदमा समेत यो विषयले निक्कै बहस भएको थियो । प्रतिपक्षीले प्रधानमन्त्रीको भारत भ्रमण मुर्रा राँगा माग्नेमा मात्र सफल भएको भन्दै निक्कै आलोचना गरेका थिए ।त्यसबेला प्रधानमन्त्रीसँग ब्यक्त गरेको प्रतिबद्धता अनुसार नेपाललाई आज भारतले राँगा बुझाएको हो ।सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो।अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच(पाँच वटाको दरले बाँड्ने मन्त्रालयले निर्णय गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link