Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसियसनको अन्तराष्ट्रिय समिट पोखरामा सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसियसन नेपालको दोस्रो अन्तराष्ट्रिय मुख तथा दन्त स्वास्थ्य समिट पोखरामा सम्पन्न भएको छ।उक्त समिटमा प्रमुख अतिथि रुपमा गण्डकी प्रदेस स्वास्थ्य तथा सामाजिक मन्त्री शुसीला सिंखडाले सम्बोधन गर्दै भन्नुभयो,’दन्त स्वास्थ्य प्राथामिकता राखेका छौ,आगामी वर्ष अपुगतालाई विस्तार थप गर्ने योजना प्रदेस सरकारको रहेको छ।सरकार जनस्वास्थ्यको विषयमा सधै लागि परेको छ।’
त्यसैगरि सिटिइभिटी गण्डकी प्रदेसका निर्देशक दामोदर देवकोटाले दन्त स्वस्थ्यको महत्व बारे मन्तब्य राखेका थिए।

एसोसियसनका केन्द्रिय अध्यक्ष माइकल देवकोटाले दन्त स्वास्थ्य बारे गण्डकी प्रदेशमा सचेत र सचेतना गराउन अनुरोध गरे।विद्यालयमा दन्त स्वास्थ्य पुराउदा वालवालिकाको मुख स्वास्थ्य राम्रो हुने बताए।एसोसियसनका महासचिव डेन्टल एसोसियसनका विगत र वर्तमान गतिविधि बारेमा भनाई राखेका थिए।

समिटलाई वंगालादेसका दन्त प्रतिनिधि इक्रम सिंह बाबुले एसोसियसनको सफलताको शुभकामना ब्यक्त गरेका थिए।उक्त कार्यक्रममा स्वागत मन्तब्य सरोज अधिकारी राखेका थिए।कार्यक्रमको संचालन डोल बहादुर थापा गरेका थिए भने कार्यक्रमको ब्यवस्थापन रमेश जिएमले गरेका थिए।युवराज पौडैल लगायतले मन्तब्य राखेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link