Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका देउवाका बिश्वास पात्र बालकृष्ण खाँण धरौटीमा रिहा

loading views..
Nepal Telcome

पोखरा। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण देउवाको अथक प्रयासपछि रिहा भएका छन् ।रिहा लगत्तै उनी प्रचण्डको निम्ता मान्न गोकर्ण रिसोर्ट हानिएका थिए।
उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएका खाँणलाई सम्पत्ति सुद्धीकरणमा बुझाइएको थियो । सम्पत्ति सुद्धीकरणले खाँणसँग बयान लिएको थियो । बयानपछि खाणसँग १५ लाख धरौटीमा माग भएको थियो ।सम्पत्ति सुद्धीकरणमा  उनले धरौटी वापत बैंक जमानत राखेको बताइएको छ ।
खाँणलाई सम्पत्ति सुद्धीकरणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो । अख्तियारले भने खाँणलाई साधारण तारेखमा छोडेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई गत वैशाख २७ गते पक्राउ गरेको थियो । खाँण सात महिना जेल बसेर रिहा भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link