Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

पत्रकार महासंघ जापान शाखाकाे आयाेजनामा फोटो तथा भिडियो पत्रकारिता तालिम हुने

loading views..

सन्दिप सुनार

जनवरी ४ ,जापान। नेपाल पत्रकार महासंघ जापान शाखाकाे आयाेजनामा फोटो तथा भिडियो पत्रकारिता तालिमसहित बिबिध मनोरन्जनात्मक कार्यक्रम हुने भएकाे छ । संस्थाकाे स्थापना दिवसकाे १३औं वर्षगाठको अवसर पारेर जापानमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जापानी तथा नेपाली दक्ष प्रशिक्षकबाट ‘फोटो तथा भिडियो पत्रकारिता तालिमसहित बिबिध मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने भएकाे हाे । महासंघले स्थापना दिवसकाे अवसर पारेर बार्बेक्यु साँस्कतिक मनोरन्जनात्मक कार्यक्रमको महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । उहाका अनुसार आउदाे मार्च महिनाकाे १० तारिख (आईतबार) का लागि कार्यक्रम तय गरिएकाे संयाेजक श्रेष्ठले बताउनु भयाे । त्यस्तै चिवा केन स्थित साकुरासी १४४ हातेमालोमा हुन गईरहेकाे उत्त कार्यक्रममा उपस्थितिको लागि नेपाल पत्रकार महासंघ जापानले जापानबासी सबै नेपाली पत्रकारहरुलाई निमन्त्रणा सँगै उपस्थितका लागि अपिल गरिएकाे महासंघका अध्यक्ष शान्त कुमार पहारीले जानकारी दिनुभयाे ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्