Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

लमजुङ अस्पतालले प्रथम वार्षिक उत्सव मनायो

loading views..
Nepal Telcome
नदीपुर दुध

लमजुङ। लमजुङको सदरमुकाम बेंसीशहरमा रहेको लमजुङ अस्पतालले प्रथम वार्षिक उत्सव आज एक कार्यक्रमको आयोजना गरी मनाएको छ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले हरेक नागरिकलाई स्वास्थ्य बिमा गरेर स्वास्थ्य सेवा लिन पाउने, जटिल खालका नसर्ने रोगका विरामीले उपचारका लागि १ लाख रुपैयाँ पाउनेदेखि लिएर विभिन्न सेवा सुविधा सरकारले प्रदान गरेको भन्दै उहाँले नागरिकको स्वास्थ्यप्रति सरकार सचेत रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले प्रदेश मातहातका १२ वटा अस्पतालमाध्ये ९ वटा अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा निरन्तर रुपमा दिइरहेको दावी गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले अस्पतालमा भौतिक संरचना थप गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सुविधा सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पताल विस्तार गरेर १ सय ५० शैय्याको बनाउनुपर्नेमा जोड दिनुभयो । अस्पतालमा हालसम्म आइसीयु सेवा सञ्चालनमा आउन नसकेको भन्दै उहाँले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले अस्पताललाई सुविधा सम्पन्न बनाउन स्थानीय स्रोत साधानले मात्र नभ्याउने भएकाले प्रदेश र संघीय सरकारबाट व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक रमेश अधिकारी, गण्डकी प्रदेश प्रयोगशाला महानिर्देशक मनमोहन मिश्र, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी,  नेपाली सेना चण्डीप्रसाद गण उदिपुरका गणपति प्रमुख सेनानी चित्रबहादुर कार्की, प्रहरी नायव उपरिक्षक मिनबहादुर घले लगायतको उपस्थिति रहेक थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link