Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेपाल व्यवस्थापन संघद्वारा पौडेललाई ‘युथ आईकन रिकग्निशन अवार्ड’ प्रदान

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघद्वारा ‘युथ आईकन रिकग्निशन अवार्ड २०२३’ प्रदान गरिएको छ।

शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौडेललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।नेपालमा वकैल्पिक तथा नवीनतम लगानी तथा उद्यमशीलताको क्षेत्रमा सरकार, निजि क्षेत्र र विकास साझेदारबीच अद्वितीय साझेदारी बनाउन उनले देखाएको उदाहरणीय व्यवस्थापकीय शैलीलाई सम्मानित गरेको संघले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका सभापति समेत रहेका पौडेलले विश्वका विभिन्न प्लेटफर्ममा नेपालको निजी क्षेत्रको तर्फबाट नेपाललाई लगानीको गन्तव्यका रुपमा कुशलतापूर्वक प्रस्तुत गर्न खेलेको उनको भूमिकालाई समेत संघले सम्मानित गरेको हो ।चेवेनिंग स्कलरको रुपमा विश्व प्रसिद्ध लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेका पौडेल प्राइम कमर्सियल बैंकका सञ्चालक पनि हुन् । उनी काठमाडौं टेक्निकल स्कूल, इन्भेस्ट इन्फ्रा, र इन्स्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स जस्ता नवीन संस्थाहरूका सह-संस्थापक समेत हुन्।नेपालमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका युवा प्रतिभालाई सम्मान गर्न संघले यस वर्षबाट नयाँ विधामा सम्मान दिन सुरु गरेको हो। त्यसैगरी, संघले म्यानेजमेन्ट अफ दी इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी, वुमन म्यानेजर रिकग्निशन अवार्ड आरती चटौत र लाइफ टाइम कन्ट्रिब्युशन अवार्ड पद्यलाल श्रेष्ठलाई प्रदान गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link