Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

नेकपाको आधिकारिकताबारे कुनै निर्णय गरेको छैन: निर्वाचन आयोग

loading views..
Nepal Telcome

काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो।

निर्वाचन आयुक्त ईश्वरी पौडेलका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्नेछ ।

उनले भने, ‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’

दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए । ‘दुवै पक्षले आधिकारिकता हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन’ उनले भने ।

चुनावका लागि छिट्टै पार्टी दर्ता गर्न लागेकाले आयोगले नेकपाका दुबै पक्षलाई बोलाएको उनले बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link