Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नायक बनाउन खोज्दा ओली खलनायक पो भए:प्रचण्ड

loading views..
Nepal Telcome

धनगढी। नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफूले आफैंलाई खलनायक स्थापित गरेको बताएका छन् । प्रतिनिधिसभा विघटको विरुद्ध धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न नआएको तर मुलुकको स्थिरता जोगाउन चाहिं आएको बताए।

सभामा उपस्थित जनसभालाई संकेत गर्दै उनले सुदूर पश्चिम झुक्दै झुक्दैन भन्ने सन्देश जनताको उपस्थितिले दिएको बताए ।

‘‘केपी ओलीले धनगढीमा आएर धेरै मानिस जम्मा पारेको भन्दै फुर्ति गरेका थिए तर आजको यो विशाल जनसभालाई देख्दा उनले गरेको कार्यक्रम फुच्चे बाउन्ने देखिएको छ’उनले भने ।

आफूलाई आधिकारिक भन्ने ओलीको पक्षमा स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरुमात्र नभएर जनताको साथ पनि कम भएको दावी गरे।

‘केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ छैन। तपाईले आज सडकमा पनि एक तिहाईभन्दा कम हो भनेर देखाइदिनुभयो,’ उनले भने ।

मुलुकमा गणतन्त्र, संघीयता ल्याएपछि जनताले खोजेको स्थिरता दिन पार्टी एकता गरेको बताउँदै ओलीले त्यसमाथि प्रहार गरेको आरोप लगाए। एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने उनको भनाइ छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link