Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्‍याउनेलाई धन्यवाद व्यक्त

loading views..
चितवन।  भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै धन्यवाद व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै महानगरले भरतपुर महानगपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घघाटन फाल्गुन १८ गते नारायणी नदी किनारमा भव्य एवम् उल्लासमय समारोहका बीच सम्पन्न भएको बताएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हिजो देखिएको अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टी गरेको हामी सबैलाई महशुस गराएको छ ।
बिहानीले दिनको संकेत गर्छ भने झै “भरतपुर भ्रमण वर्ष २०२४” को सानदार सुरूवात जस्तै सम्पन्न हुने अपेक्षा भरतपुर महानगरले लिएको छ।यो अभियानले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने आशा जगाएको छ।यस गरिमामय समारोहमा महत्वपूर्ण समय उपलब्ध गराउनुहुने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, प्रदेश प्रमुखज्यूहरू, मुख्यमन्त्रीज्यूहरु, संघीय तथा प्रदेश सांसदज्यूहरू, नेपाल पर्यटन बोर्ड परिवार, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिज्यूहरु, साझेदारको रुपमा रहेको निजी क्षेत्र, पर्यटन व्यवसायीहरू, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्पूर्ण सञ्‍चार गृहहरू, राष्ट्रसेवक कर्मचारीहरू, कलाकार मित्रहरू, संचारकर्मीहरू, सुरक्षा निकाय, नागरिक समाज, महानगरका जनप्रतिनिधिहरू, भ्रमण वर्ष सफल पार्न गठित सल्लाहकार समिति, निर्देशक एवम् विभिन्न उपसमितिका सदस्यहरू, गैर आवासीय नेपाली मित्रहरू, शिक्षक तथा विद्यार्थीहरू, आ–आफ्नो पहिचानसहित ¥याली तथा समारोहमा सहभागी हुनुहुने विभिन्न टोल विकास समिति, सामाजिक संघ संस्था तथा विभिन्न जातजाति, समुदायबाट यसलाई उत्सवका रुपमा मनाउन उपस्थित सम्पूर्ण आमाबुबा दाजुभाइ, दिदीबहिनी तथा आम जनसमुदायप्रति भरतपुर महानगरपालिकाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
भरतपुर भ्रमण वर्ष २०२४ ले राखेको लक्ष्य पुरा गर्न महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी, सेमिनार जस्ता गतिविधिहरु सञ्चालन गर्न आह्ववान गरिने छ । साथै यस अभियानमा सक्रियताका साथ निरन्तर सहयोगको लागि सामाजिक संघ संस्था, निजी क्षेत्र, व्यवसायीक संस्थालाई सहकार्यका लागि आग्रह गर्दछौं।यसबाट महानरपालिकाको पर्यटकीय एवम् आर्थिक गतिविधिमा संख्यात्मक तथा गुणात्मक बढोत्तरी हुने आशा लिएका छौं ।
अन्तमा, भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन समारोहमा जनस्तरबाट देखिएको ऐक्बद्धता वर्षभरि नै कायम राख्दै यस अभियानलाई सफल बनाउन सबै पक्षहरूबाट साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा राखेको विज्ञप्तीमा भनिएको छ ।
loading views..

arrow प्रतिक्रिया दिनुहोस्