Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

चुनाव ओलीको सत्ता टिकाउने बहाना मात्रै हो : डा. रिजाल

loading views..
Nepal Telcome

बुटवल। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संसद पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। बुटवलमा आयोजित एक साक्षात्कारमा नेता रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा विश्वास व्यक्त गरे।

विगतका प्रतिकूल अवस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै उनले सर्वोच्चले संविधानको मर्म अनुरूपको व्याख्या गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘पञ्चायत काल होस् या राजा ज्ञानेन्द्रको पालामा होस् अदालतले सही निर्णय गरेको छ। राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ। तसर्थ प्रतिनिधिसभा पुनः स्थापना हुन्छ।’

प्रधानमन्त्री ओलीले सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको पनि दावी गरे। रिजालले भने, ‘यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन। प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणा गरेको हो, त्यो बहाना मात्रै हो।’

उनले ‘न रहे बाँस न रहे बाँसुरी’ को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link