Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भोलि नेकपा बहुमतको आमहड्ताल!

loading views..
Nepal Telcome

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि लगातार आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार देशभर आमहड्तालको घोषणा गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनलाई लक्षित गरेर प्रचण्ड–नेपाल समूह बिहीबार देशव्यापी आमहड्ताल घोषणा गर्न लागेको हो ।

संसद् विघटनको विरोध गर्दै आएको प्रचण्ड–नेपाल समूहले बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबार हुने आम हड्तालबारे औपचारिक जानकारी गराइने प्रचण्ड–नेपाल समूहका केन्द्रिय कार्यलयका शीब बाबु खकुरेल जानकारी दिएका छन् ।

उनका अनुसार बिहीबारको आमहड्ताल अवधिभर यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएका हुन् । शुक्रबार प्रधानमन्त्री ओली नेतृत्वको समूहले काठमाडौंमा बृहत जनसभा आयोजना गर्ने तयारी गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link