Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मृगौला पीडित पूर्व जनमुक्ति सेनाका सदस्यलाई नेपाली जनप्रगतिशील मञ्च जापानको आर्थिक सहयोग

loading views..
Nepal Telcome

सन्दिप सुनार

टोकियो। नेपाली जनप्रगतिशील मञ्च जापानले मृगौला पीडित पूर्व जनमुक्ति सेना सागर पन्धाकलाई उपचारका लागि आर्थिक सहयोग पठाएको छ ।

ताप्लेजुङ घर भइ हाल झापामा अबस्दै आएका पूर्व जनमुक्ति सेना सागरको दूबै मृगौलामा समस्या आएपछि केही बर्षदेखि झापास्थित अस्पतालमा उपचाररत छन् ।

मञ्च स्रोतका अनुसार उनको उपचारमा ठूलो धनराशी खर्च लाग्ने देखिएपछि उनकी श्रीमतीबाट सहयोगका लागि अनुरोध आएसंगै नेपाली प्रगतिशील मञ्च जापानले आर्थिक सहयोग संकलन गर्ने अभियान चलाएको थियो । जसअनुसार संकलित रकम १ लाख २९ हजार ५ सय रुपैंया मृगौला पीडित बिरामी सागरलाई पठाईएको हो । उक्त रकम नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले जेएमइमार्फत रेमिट्यान्स गरी नेपाल पठाएका हुन् । मानवीय सेवाका लागि भन्दै जेएमइले रेमिट्यान्स सेवा शुल्क मिनाहा गरेको बताईएको छ ।

जापानबाट पठाईएको रकम हस्तान्तरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ५ हजार र पार्टीको बिर्तामोड नगर कमिटीबाट २० हजार रुपैंया थप गरी जम्मा १ लाख ५४ हजार ५ सय रुपैयाँ शनिवार बिरामीको परिवारलाई बुझाइएको छ ।

बिरामीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने क्रममा आङ्बोका साथै पार्टीका अर्का केन्द्रीय सदस्य राम राना लगायतको पनि उपस्थिति रहेको थियो

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link