Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

जनताका नेतालाई धम्क्याउनेहरुलाई जनताले घिसार्ने दिन आउँछ

loading views..
Nepal Telcome

तनहुँ।नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने बताएका छन्। शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले निरंकुश शासन चलाउन खोज्ने ओली र परिवर्तनका पक्षधरलाई चिडियाखानामा थुन्छु भन्ने गृहमन्त्री थापालाई जनताले तह लगाउने बताएका हुन्।

ओली समूहले शुक्रबार राजधानीमा गरेको आमसभामा थापाले प्रचण्डलाई लक्षित गर्दै ‘मांशहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए। सरकारमा तीन वर्ष सँगै बस्दा थापाले जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै नेता पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै निन्दा गरे।

ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याउँन लागेको भन्ने अभिव्यक्ति दिएको भन्दै पुनले सबैभन्दा पहिला आफ्नो गुटले गरेका भ्रष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याएर देखाउन चुनौती दिए।

गुटको  प्रवक्ता, सरकारका वरिष्ठ मन्त्रीले धुलो लागेका फाइलहरु छिट्टै टक्टक्याउँछौं भनेर धम्की दिनुभएको सुनें’, पुनले भने, ‘मित्र धुलो लागेका फाइलहरु तपाईंहरुका बढी छन्। ओम्नी काण्ड, यति काण्ड र अरु काण्डहरुका आफ्नै भ्रष्टाचार र कूकृत्यका फाइलहरु त्यहाँ छन्, धुलो टक्टक्याएर काम सुरु गर्नुस् जनताले स्वागत गर्छन्।’

सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता त्यस्ता नतर्सने उनको भनाइ थियो। विगतमा त्यस्तै धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने बताए। उनले सडकमा पञ्चर्याली शैलीमा प्रदर्शन गरेर अरुलाई धम्की दिनुको साटो जनताका पक्षमा लोकप्रिय काम गर्न सुझाब दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link