Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

खड्ग ओली जस्ता पापी लोकतन्त्रको हत्यारालाई पशुपतिनाथले रक्षा गर्दैनन्:माधब कुमार नेपाल

loading views..
Nepal Telcome

काठमाडौं।नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संविधान र लोकतन्त्रको हत्या गर्ने प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि माफी नदिने बताएका छन् । ‘ओलीजी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुभएको थियो, अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ, अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ, तर पशुपतिनाथले पनि कसलाई माया गर्छन् थाहा छ ?’ काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै नेपालले भने, ‘जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ, उसलाई मात्रै माया गर्छन् । पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’ उनले अघि भने, ‘चेतना भया,  केपी ओलीलाई, संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनाधिकार कुल्चिनेहरूलाई, पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’नयाँपत्रिकाबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link