Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मौसम विभागको पूर्वानुमान: आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

loading views..
Nepal Telcome

काठमाडौं,१६ असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, अविरल वर्षाको सम्भावना नरहेकाले आत्तिनुपर्ने स्थिति नभएको महाशाखाले स्पष्ट पारेको छ। मौसमविद् गोविन्द झाले कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जानकारी दिए। केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि गत साता जस्तो लगातार झरी नपर्ने उनले बताए।

मंगलबार साँझ जारी तीनदिने मौसमी बुलेटिनअनुसार, देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ। विशेषगरी, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मौसम बदली रहने छ भने बाँकी ठाउँमा मौसम सामान्य रहनेछ। भारी वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, यातायातलगायत क्षेत्रमा असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link