Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

अन्नपूर्ण संरक्षण क्षेत्रबाट कटपिस ढुङ्गा चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा

loading views..
Nepal Telcome

पोखरा,२० असोज।, कास्की जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रूपमा कटपिस ढुङ्गा चोरी निकासी भइरहेको सूचनाका आधारमा प्रहरीले एक मिनी टिप्परसहित चालकलाई नियन्त्रणमा लिएको छ।
मध्यम पथ चोकमा खटिएको प्रहरी टोलीले ग १ ख ७२३४ नम्बरको मिनी टिप्परलाई रोकी चेकजाँच गर्दा उक्त टिप्परमा कटपिस ढुङ्गा लोड गरिएको पाइएको हो। टिप्परसँग सम्बन्धित कुनै कागजात नभेटिएपछि प्रहरीले टिप्पर र ढुङ्गासहित चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको टिप्पर र ढुङ्गालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको छ।
यस घटनाले अन्नपूर्ण संरक्षण क्षेत्रमा हुने अवैध उत्खननको समस्यालाई उजागर गरेको छ। यस घटनाको बारेमा अनुसन्धान भइरहेको छ र दोषीलाई कानूनी कारबाही हुने प्रहरीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link