Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

जसपाका नेता ओली समूहमा प्रबेश

loading views..
Nepal Telcome

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य एवं पार्टीका युवा इञ्चार्ज इस्लाम हवारी नेवाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहमा प्रवेश गरेका छन्। शुक्रबार बिहान हवारी नेकपा ओली समूहमा प्रवेश गरेका हुन्। हवारी जसपाका मुस्लिम विभागका इञ्चार्ज समेत हुन्।

बालुवाटारमा पार्टी प्रवेश गरेपछि हवारीले देशलाई सहि दिशा दिन सक्ने नेतृत्वलाई चयन गरेको बताए। प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशमा समाजवाद स्थापना गर्ने लक्ष्य पूरा हुन सक्ने देखेर आफू नेकपामा प्रवेश गरेको उनले बताए। हवारी पूर्वमाओवादी नेता समेत हुन्। पर्सा जिल्लाका सक्रिय नेता हवारीले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने भएकाले अरु दलको आवश्यकता नभएको बताए ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विषेश कार्यक्रममा स्वागत गरेका छन्। स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामना दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link