Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

loading views..
Nepal Telcome

लमजुङ, २२ असोज। लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसकी सक्रिय सदस्य छुपिमाया गुरुङको निधन भएको छ। पाठेघरको क्यान्सरबाट पीडित गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएकी गुरुङ लामो समयदेखि पार्टीमा सक्रिय थिइन्। उनी हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य थिइन्।
गुरुङको निधनले कांग्रेस पार्टीमा शोक छाएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक व्यक्त गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link