Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखामा जीप लाइन सञ्चालनमा, पर्यटनमा नयाँ आयाम

loading views..
Nepal Telcome

गोरखा,२३ असोज। गोरखा नगरपालिका वडा नं. १० छेवेटारदेखि पालुङटार नगरपालिका वडा नं. १ घुम्रेटारसम्म जोड्ने आकर्षक जीप लाइनको उद्घाटन भएको छ। दराैँदी नदी माथि निर्मित यो साहसिक खेलले गोरखाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।
गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले मंगलबार विधिपूर्वक जीप लाइनको उद्घाटन गर्दै गोरखा भ्रमण वर्षको पूर्वसन्ध्यामा यस्तो लगानीले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए।
स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सक्रियतामा निर्माण सम्पन्न भएको जीप लाइनले स्थानीयवासीलाई रोजगारीसँगै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ। ६०० मिटर लामो यस जीप लाइनको यात्राका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link