Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

आज काग तिहार

loading views..
Nepal Telcome

पोखरा,१४ कार्तिक। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज मनाइँदैछ। कागलाई यमराजको दूत मानिँदै मीठो परिकार खुवाएर पूजा गर्ने चलन छ, जसले उसले यमराजसमक्ष राम्रो खबर पुऱ्याओस् भन्ने विश्वास गरिन्छ।

धर्मशास्त्र अनुसार कागलाई दही-भात विशेष प्रिय भएकाले आजका दिन त्यो खुवाउने प्रथा छ। कागेश्वरी र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा गरिन्छ।

तिहार पर्वले सत्कर्म गर्नेको रक्षा र दुष्कर्म गर्नेको दण्डसँग पनि सम्बन्ध राख्छ। आज बेलुकीदेखि यम यातनाबाट मुक्तिका लागि यम दीपदानको क्रम सुरु हुनेछ।

यस वर्ष यमपञ्चक मङ्गलबार बेलुकीदेखि सुरु भइसकेको छ भने धनतेरस पनि मङ्गलबार नै मनाइएको थियो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link