Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन

loading views..
Nepal Telcome

पोखरा,पुस २२ गते। कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोख्रेल रहेका छन् ।

यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले खेलाडीको सफलता उसको मेहनत र धैर्यतामा भर पर्ने बताउनुभयो । खेलाडी उत्पादनमा राज्यको ध्यान जानुपर्ने बताउदै टेवुल टेनिस सानो खेल नभई यसका प्रतियोगिता र कार्यक्रम नभएर सानो भएको बताउनुभयो ।

संघका सल्लाहाकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन केन्द्रित भएर खेलकुदका गतिविधि वढाउनु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासघं कास्की सहसचिव मधु अधिकारीले टेवुलटेनिस सर्वसुल्लभ खेल भएकाले हरेक वडाको सार्वजनिक स्थल वा भवनहरुमा यसको संरचना बनाउन सके टेबुलटेनिस खेलमा खेलाडीको उत्साह र निरन्तरता बढ्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष उत्तम जोशीले आफ्नो कार्यकालमा भएका उपलब्धी सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रपति रनिङशिल्डमा टेवुल टेनिसलाई समेट्नु पर्ने धारणा प्रकट गर्नुभयो । जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रवि पन्त, धन्यवाद ज्ञापन निर्मल सोती र संचालन सचिव कृष्ण रानाभाटले गर्नु भएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link