Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

शेरबहादुरलाई रामचन्द्र पौडेलको चेतावनि!

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र तानाशाही प्रवृत्ति भएकोले पार्टीले विरोध गर्नुपर्ने बताए।

पार्टी केन्द्रीय कार्यसमितिले पनि प्रतिनिधिसभा विघटनको विरोध गर्नुपर्ने भनेको उनले स्मरण गराए। बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनमा उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए। प्रधानमन्त्री ओलीका कदमबारे देशैभरका कांग्रेस कार्यकर्ता र जनताहरू आन्दोलनमा रहेको पनि उनले बताए।

‘त्यही कर्तव्यलाई बुझेर कांग्रेससका देशभर र्‍याली गर्नु भएको छ, सभा गर्नु भएको छ। लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ,’ सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै उनले भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’

उनीभन्दा अगाडि बोलेका देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएका थिए। वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन्। ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने ?’

अदालतले फैसला गर्दा संविधानमा जे लेखेको छ त्यहीअनुसार गर्नुपर्ने भएकोले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा पौडेल विश्वस्त छन्। लोकतन्त्र र संविधान बचाउन सके मात्रै चुनावको अर्थ रहने पौडेलको भनाइ छ। उनले भने, ‘किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link