Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

जुनसुकै बेला जस्तो सुकै निर्णय गर्नुपर्छ, तयार रहनुहोस्:प्रचण्ड -माधव समूह

loading views..
Nepal Telcome

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जस्तोसुकै अवस्था पनि सामना गर्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक सकिएको छ। शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको हो।

‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला । दुवै अध्यक्षको सार यही थियो’, एक केन्द्रीय सदस्यले भने ।

पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले श-शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरूविरूद्ध गए संघर्षमा जाने निष्कर्ष निस्किएको एक नेताले बताए ।

शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link