Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

एमालेद्वारा संविधान कार्यान्वयनको समीक्षा, लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता

loading views..
Nepal Telcome

पोखरा, चैत्र ५ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने सङ्कल्प गरेको छ।हिजो ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको रक्षा, सुशासन, राजनीतिक स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय तथा सरकारका गतिविधिबारे बैठकलाई जानकारी गराएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link