Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

काश्कीमा ओली समूहमा भाडभैलो !

loading views..
Nepal Telcome

पोखरा।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रिय युवा संघ कास्कीको संयोजक चयन प्रति असहमती जनाउदै विज्ञप्ति जारी गरिएको छ । सोमबार विन्ध्यबासिनी पार्टी प्यालेसमा आयोजित बृहत युवा भेलाबाट डिल्लीराम सुवेदीलाई चयन गरेको घोषण भएको केही घण्टा पनि  नहुँदै युवा संघकै अर्को समुहले असन्तुष्टि ब्यक्त गदै विज्ञप्ति जारी गरेको हो।

सचिव रामचन्द्र तिमिल्सिनाले राष्ट्रिय युवा संघ कास्कीको लेटर प्याड प्रयोग गरेर संयोजक चयनमा बुहमत सदस्यलाई जानकारी नदिई संयोजक सहित ९९ सदस्यीय कमिटि घोषणमा बहुसंख्यक पदाधिकारी सहित सदस्यहरुको विपति रहेको जनाउनु भएको हो।

विज्ञप्तिमा भनिएकोछ, ‘फागुन १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रमलाई व्यवस्थापन गर्ने नाममा बहुसंख्यीय कमिटिका सदस्यहरुलाई जानकारी नगराई संघको विधि र पद्धति विना घोषणा गरिएको जिल्ला संयोजक र ९९ कमिटि घोषणाप्रति सिंगो बहुसंख्यीयक पदाधिकारी सहित सदस्यहरुको विमति रहेको र त्यस प्रकारको निर्णयप्रति घोर भत्र्सना गर्दछौ।’

विज्ञिप्तमा त्यस प्रकारको अराजक गतिविधि र ब्यक्तिगत अवसरबादबाट प्रेरित भई राष्ट्रिय अभियानलाई असफल बनाउने तत्वहरु प्रति सम्पुर्ण न्यायप्रेमी युवाहरुलार्ई शसक्त प्रतिबाद गर्न अनुरो गर्दछौ प्रेस विज्ञप्तिमा भनिएको छ। विज्ञप्ति युवा संघ केन्द्रीय कार्यालय र नेकपा जिल्ला कमिटि कास्कीलाई बोधार्थ दिएको छ।  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link