Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

रामचन्द्र पौडेल मधेश दौडाहमा

loading views..
Nepal Telcome

पोखरा। संसद विघटनपछि दुई धार देखिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मधेस यात्रामा निस्किएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको मिति टुंगो लागिसकेको अवस्थामा उनले महाधिवेशनलक्षित मधेस सम्मान यात्रा सुरु गरेका हुन् । पौडेलले कांग्रेसभित्र संसद् पुनस्र्थापनाको मुद्दा लिएर पार्टी आन्दोलनमा जानुपर्ने मत राख्दै आएका छन् ।

सुनसरीको धरानमा बीपी कोइरालाको सालिक अनावरण गरेर मधेसतिर लागेका पौडेलले आइतबार सप्तरी प्रेस युनियनको पत्रकार सम्मेलनमार्फत ‘मधेस सम्मान यात्रा’ गर्ने घोषणा गरेका थिए । १३ फागुनसम्म उनले सप्तरी, सिराहा, धनुषा र महोत्तरीका १३ वटा निर्वाचन क्षेत्रमा पुगेर कार्यक्रम गर्दै छन् ।

यसैअनुसार पौडेलले सोमबार सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्ता भेटघाट गरेका छन् । संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा बुझ्न आफूले यात्रा सुरु गरेको बताए । ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका हरेक क्रान्तिमा मधेसको योगदान अतुलनीय छ, म मधेस र उहाँहरूको योगदानको सम्मानका लागि मधेस यात्रामा निस्किएको छु । मुलुकमा संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा पनि बुझ्नु छ,’ पौडेलले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link