Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

महान्यायाधिवक्ता अग्नी खरेलको राजीनामा

loading views..
Nepal Telcome

काठमाडौ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ ।

महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ ।

केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्रीका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर भइ रक्षात्मक अवस्थामा पुग्ने भएकाले तत्काल उनको राजीनामा स्वीकृत गरिएको छैन ।

कानुन मन्त्री बनिसकेका खरेललाई लामो राजनीतिक जोडघटाउन गरी अदालती र सरकारको कानुनी सेटिङका निम्ति कम वरियताको पद महान्यायाधिवक्तामा लगिएको तर त्यस अनुरूप काम गर्न नसकेकोमा अहिले ओली पक्षले उनको हुर्मत लिन खोजेका छन ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा उनले प्रधानमन्त्रीको निर्देश अनुसार काम गर्न नसकेको भन्दै ओली पक्षका व्यक्तिहरूबाट खरेलको आलोचना हुँदै आएको र आफ्नो अन्तरआत्मको आवाजको दबाबका कारण उनले राजीनामा दिएको खरेल निकटको भनाइ रहेको छ ।

संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताइसकेका खरेललाई महान्यायाधिवक्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पैरवी गर्न सकस भइरहेको अदालतको परिदृश्यले दर्शाएको थियो ।झिल्कोबाट साभार

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link