Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

प्रधानमन्त्री खड्ग ओलीको सर्वसत्तावादी यात्रामा रोक; वृहत् नागरिक आन्दोलन

loading views..
Nepal Telcome

काठमाडौँ । वृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर प्रधानमन्त्री खड्ग ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको बताएको छ । फैसलाले संवैधानिक प्रक्रिया सुचारु गर्न राजनीतिक दलहरूलाई वैधानिक बाटो दिएको आन्दोलनले विज्ञप्ति जारी गरेर जनाएको छ ।

‘संसद् विघटन त्यसअघिदेखि नै सुरु भएका असंवैधानिक अभ्यास र प्रतिगामी कदमहरुको प्रकट रूपमात्र थियो,’ आन्दोलनका तर्फबट जारी विज्ञप्तिमा भनिएको छ, ‘विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित जड कारणहरुको आत्मसमीक्षा गर्दै अब राजनीतिक दलहरूले अग्रगामी राजनीति सुनिश्‍चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टि सम्बोधन गर्नुपर्छ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link