Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

अमृतको कप्तानीमा पर्वतको टि-२० क्रिकेट टिम घोषणा

loading views..
Nepal Telcome

रेशम केसी/पोखरा, जेठ ३० गते। आगामी गण्डकी प्रदेशस्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिताका लागि पर्वत जिल्लाको टिम घोषणा गरिएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा र गण्डकी प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा जेठ ३१ गतेदेखि सुरु हुने प्रतियोगितामा अमृत गुरुङको कप्तानीमा पर्वत जिल्ला मैदान उत्रिने भएको हो।

घोषित टिममा राजु थापा, बिनोद नेपाली, विकास क्षेत्री, रोशन गौतम, सन्देश खड्का, शालिकराम कुँवर रहेका छन् भने अभिषेक थापा र खेम बहादुर नेपाली पुनः टिममा फर्किएका छन्। साथै, कमल भुसाल, सन्दिप बिक, कमल लामिछाने र कविराज पटेलले पहिलोपटक टि-२० टिममा स्थान बनाउन सफल भएका छन्। वैकल्पिक खेलाडीको रूपमा सचिन गिरी, सोनु यादव, किरण पौडेल र अनुप सिंह चयन भएका छन्।

यस टिमको व्यवस्थापकीय जिम्मेवारी सौगात रेग्मी र विशन क्षेत्रीले सम्हाल्नेछन्।

पर्वतले प्रतियोगितामा असार ३ गते कास्कीविरुद्ध पहिलो खेल खेल्नेछ। त्यसपछि असार ४ गते नवलपुरसँग र असार ५ गते गोरखासँग प्रतिस्पर्धा गर्ने तालिका छ।

गण्डकी प्रदेशका कुल ८ जिल्लाबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link