Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

टप्स सेकेन्डरी स्कुलमा एसईई कप स्पोर्ट्स फेस्ट सुरु

loading views..
Nepal Telcome

पोखरा, असार ५ गते। पोखराको बुद्धचोकस्थित टप्स सेकेन्डरी स्कुलमा एसईई पश्चात बसेका विद्यार्थीका लागि लक्षित एसईई कप स्पोर्ट्स फेस्ट २०८२ बिहीबारदेखि सुरु भएको छ। विद्यालयले शैक्षिकसंगै खेलकुद क्षेत्रको विकासलाई जोड दिँदै आयोजना गरेको यो महोत्सव असार १० गतेसम्म सञ्चालन हुनेछ।

फेस्ट अन्तर्गत फुटसल, भलिबल (छात्र–छात्रा), बास्केटबल (छात्र–छात्रा) र साइन्स क्विज प्रतियोगिता समावेश गरिएको छ। विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ५४ टिम, बास्केटबलमा छात्रातर्फ २४ र छात्रातर्फ ४ टिम, भलिबलमा छात्रातर्फ ३२ र छात्रातर्फ ८ टिम, तथा साइन्स क्विजमा ३२ टिम सहभागी भएका छन्। पहिलो दिन बास्केटबलतर्फ पाँच खेल सम्पन्न भए।

फेस्टको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले एसईई सकेर बसेका विद्यार्थीको क्षमता उजागर गर्न खेलकुद उत्कृष्ट माध्यम भएको बताए। उनले भने, “विद्यार्थीले किताबी ज्ञान मात्र होइन, खेलकुदबाट पनि आफ्नो भविष्य निर्माण गर्न सक्छन्।” उद्घाटन समारोहमा कार्कीले प्रतियोगिताका प्रमुख रेफ्री दीपल गुरुङलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता आरम्भ गराएका थिए।

विद्यालयका अध्यक्ष बलबहादुर थापाले टप्स स्कुललाई केही वर्षभित्रै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू गरिँदै आएको जानकारी दिए। प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले प्रतियोगिता विद्यार्थीको लुकेका प्रतिभा उजागर गर्ने थलो भएको बताए। खेलकुद शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन, स्वास्थ्य र नेतृत्वको प्रतीक भएको उल्लेख गरिन्।

 

यसैक्रममा विज्ञान केमेस्ट्री संयोजक विकल रानाभाटले नयाँ व्यवस्थापनसहित विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयमा अध्ययन सुरु गरिने जानकारी दिए।

कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम अधिकारीले गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link