Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

भोटेकोशीमा पहिरो, अरनिको राजमार्ग पूर्ण अवरुद्ध

loading views..
Nepal Telcome

काठमाडौं, असार २६  गते। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकुमा बिहान खसेको ठूलो पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बिहान ५ बजे खसेको पहिरोले सडक माथिबाट तलसम्म भासिँदा सवारी आवागमन ठप्प भएको हो।

तातोपानी नाका हुँदै काठमाडौं आउन लागेको मालवाहक कन्टेनर भन्सारमै रोकिएका छन् भने यात्रुवाहक बस र अन्य सवारीसाधन बाटोमै थन्किएका छन्। सडक खुलाउन डोजर परिचालनको तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link