Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाली काँग्रेसको ओलीलाई अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याए सहयोग गर्छौं

loading views..
Nepal Telcome

काठमाडौं। नेपाली काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई आग्रह गरेको छ। वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ।

काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ। ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धकमा राख्न मिल्दैन’ काँग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘कि त मिलेरै अंशवण्डा गर्नुपर्यो। एउटै दल हुन नसक्ने अवस्था हो भने पहिलाकै अध्यादेशलाई प्रधानमन्त्रीले विधेयकका रुपमा संसदमा ल्याउनुपर्छ। पारित गर्न हामी सहयोग गर्छौं।’

प्रधानमन्त्री ओलीले भने दल विभाजनसम्बन्धी कानुन विधेयकका रुपमा नभएर अध्यादेशकै रुपमा ल्याउने बताइरहेका छन्। अधिवेशनलाई केही दिन चलाएर अन्त्य गरिदिने, त्यसपछि अध्यादेश ल्याउने संकेत उनले दिएका छन्। ओलीको यस्तो प्रयासलाई साथ दिन नसकिने रिजालले बताए।आजको कान्तिपुर दैनिकमा समाचार छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link