Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा सम्मान

loading views..
Nepal Telcome

पोखरा, २८ साउन । पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुुर्‍याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।
महासंघका तर्फबाट पोखराको न्युरोडस्थित होटेल दिपसागरको सभाकक्षमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल र ज्यो पं लिलाधर पौडेल एवम् ८३ वर्षीय प्रा.चतुर्भुज शर्मा पौडेल र निलकण्ठ शर्मा पौडेललाई सम्मान गरिएको हो ।
उहाँहरूलाई गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री पौडेलले हामीहरू एक आपसमा घमण्ड र अहंकार भन्दा पनि समाज र राष्ट्रले गर्व गर्नसक्ने हुनुपर्नेमा जोड दिनुुभयो । परिवारसँगै समाज र राष्ट्र निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्दै हाम्रा सन्ततीले पनि गर्व गर्ने किसिमको बन्नुपर्ने उहाँले बताउनुुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हामीहरू सिर्जनात्मक बन्दै हाम्रा हराउँदै गएका मौलिकतालाई जगेर्ना गर्नु जरुरी भएको बताउनुभयो ।
हाम्रा सन्ततीले पनि हाामीबाट धेरै कुरा सिक्न सक्ने वातावरण तयार र्गुपर्नेमा उहाँले जोड दिनुुभयो ।
महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मूल आदर्श वाक्यका साथ महासंघ अघि बढीरहेको बताउँदै सबैलाई समेटेर बन्धुत्वको भावना अभिबृद्धि गराउँदै अघि बढ्ने बताउनुुभयो ।
पौडेलहरूको थातथलो खोजीका क्रममा बझाङस्थित पैडीकोटमा गरिएको अध्ययन तथा भेटघाटको जानकारी दिदै उहाँले उक्त स्थलको संरक्षणसँगै पौडेलहरूका ऐतिहासिक दस्तावेजलाई संकलन एवम् व्यवस्थित गर्ने लक्ष्यका साथ महासंघ अघि बढीरहेको बताउनुुभयो ।
महासंघले निकट भविष्यमा स्वास्थ्य सचेतना र बुढ्यौली व्यवस्थापन सम्बन्धी कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने उहाँले जानकारी दिनुुभयो ।
महासंघका अध्यक्ष पौडेलको सभापतित्व एवम् महासचिव उद्धवप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत महासंघका उपाध्यक्ष(गण्डकी) शारदा पौडेलले गर्नुभएको थियो ।
बैठकमा अध्यक्ष पौडेल सहित बरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेलले आ आफ्‌ना तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रतिवेदनहरू सहित अन्य विभिन्न समसामयिक विषयमा पनि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू लिइने महासंघले जनाएको छ।
महासंघको बैठकमा सहभागी बन्न पूर्वमा ताप्लेजुङदेखि पश्चिम बझाङ लगायत स्थानबाट पदाधिकारी तथा सदस्यहरू सहभागी बन्नुुभएको छ भने भारतबाट कुलबहादुर पौडेल र भुटानबाट बलराम पौडेलले समेत प्रतिनिधित्व गर्नुभएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link