Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

“पाद : लाज होइन, विज्ञान हो!”

loading views..
Nepal Telcome

काठमाडौं ,साउजपादको नाम सुन्नासाथ कतिपयको अनुहार रातो हुन्छ, तर विज्ञान भन्छ — यो लाजको होइन, गौरवको कुरा हो! पाद भनेको शरीरको “नेचुरल प्रेशर रिलिफ भल्भ” हो, जसले पेटको ग्यासलाई फटाफट बाहिर पठाउँछ।

अध्ययनले देखाउँछ, मानिसले जीवनभरमा करिब ४ लाख २ हजार पटक पाद्छ — त्यो पनि बिना कुनै ‘रिहर्सल’। औसतमा दिनमा १४ पटक, तर सिमीको तरकारी खाएको दिन यो संख्या स्वतः ‘अपग्रेड’ हुन्छ।

पादको तापक्रम ९८.६ डिग्री फारेनहाइट हुन्छ, र यसको मिश्रणमा नाइट्रोजन, हाइड्रोजन, मिथेनजस्ता तत्व हुन्छन्। यही कारण कतिपय पाद बल्ने पनि हुन्छन् — तर घरमा ‘फायर शो’ गर्ने प्रयास नगर्नुहोस्, लुगा जलेपछि माफी माग्न विज्ञान आउँदैन।

पृथ्वीमा सबैभन्दा धेरै पाद्ने प्राणी धमिरा हो भने, ब्ल्यु व्हेलको पादको बुलबुला भित्र घोडा अट्ने आकारको हुन्छ। यो सुन्दा “हामी त तुच्छ पादक” जस्तो लाग्छ।

मध्य युगमा त मानिसहरूले पाद भाँडामा थुनिदिने, अनि पछि सुघ्ने चलन थियो– आयु बढ्छ भन्ने विश्वासमा। अहिले त्यस्तो अभ्यास गर्ने हो भने, छिमेकीले ‘मानसिक अस्पताल’को नम्बर टिपिसक्छन्।

वैज्ञानिकहरू भन्छन् — पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक छ, पेटमा ग्यास जम्मा भएर टाउको दुख्न सक्छ। तर ढुक्क हुनुहोस्, पादले कोही मरिरहेको छैन। पादले भरिएको कोठामा थुनेर राख्दा पनि तपाईं बाँच्नुहुन्छ — तर साथीहरू भने बाँच्दैनन् (सामाजिक रूपमा)।

अचम्मका घटनामा, सन् २००९ मा अमेरिकामा १२ वर्षको बालक कक्षामा धेरै पादेको आरोपमा पक्राउ परेको थियो। अनि हवाई यात्रामा सबैभन्दा धेरै पाद निस्कने भएकाले एयरलाइन्सहरूले ‘चारकोल फिल्टर’ प्रयोग गर्न थालेका छन्।

अन्तिम ‘बिग फैक्ट’ — यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिना लगातार पादिरह्यो भने, त्यो पादबाट निस्किने ऊर्जा एटम बम बराबर हुने वैज्ञानिक अन्दाज छ। अर्थात्, तपाईंको पेटमा सानो ‘हथियार कारखाना’ छ!

त्यसो भए, अर्को पटक तपाईंको पेटमा हल्का ‘प्राकृतिक साङ्गीतिक कार्यक्रम’ सुरु भयो भने, लाज नमानेर भन्नुहोस् — यो त विज्ञान हो!

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link