Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

सरकारले नेकपा विद्रोहीसँग वार्ता गर्ने

loading views..
Nepal Telcome

काठमाडौं।सरकारसँग वार्ता गर्न विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि हिजै  सरकारले पनि वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै सो पार्टीले वार्ता टोली गठन गरेको घोषणा गरेको हो ।
नेकपाले पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएको छ । वार्ता टोली सदस्यमा नेकपाको सैन्य कमाण्ड तथा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहनुभएको छ ।
पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link