Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह नेकपाको बिबादमा निर्वाचन आयोगले टुंग्याओस्

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौँ । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका हुन्।

बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सुर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा‍. अयोधीप्रसाद यादव र दोल्ख बहादुर गुरुङले विज्ञप्ति मार्फत निर्वाचन आयोगको निर्णय क्षमता र स्वयत्तताका विषयमा उठाइएका प्रश्नहरुले गम्भीर बनाएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको छ। आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरुले अनुरोध गरे।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link