Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सरकार र नेकपा बिद्रोहीबीच तीन बुँदे सहमति

loading views..
Nepal Telcome

पोखरा। सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ। सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा तीन बुँदे सहमति भएको हो।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्। सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्।

सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ। उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्नेछन्।

सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। त्यसबेला हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link