Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

नेपाल बैंक लिमिटेडमा रोजगारीको अबसर

loading views..
Nepal Telcome

पोखरा। नेपाल बैंक लिमिटेडमा प्रबन्धक, सीएतर्फ सहायक प्रबन्धक, आईटीतर्फ सहायक प्रबन्धक तथा विभिन्न प्रदेशहरूअन्तर्गत सहायकहरू गरी १९२ पदमा दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

बैंकले छैटौँ तहका सहायक प्रबन्धक, सहायक प्रबन्धक (सीए) र सहायक प्रबन्धक (आईटी) तथा प्रदेशगत चौथो तहअन्तर्गत सहायक, सहायक (आईटी) र प्रदेशगत तेस्रो तहअन्तर्गत कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदमा दरखास्त खुलाएको छ। छैटौँ तह सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै चौथो तह सहायक र तेस्रो तह कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

इच्छुक र योग्य उम्मेदवारले अनलाइनमार्फत दरखास्त फारम पेस गर्नुपर्नेछ। आउँदो चैत १२ गतेसम्म अनलाइन दरखास्त पेस गर्ने समय रहेको छ।

दरखास्त फारम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link