Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

असंवैधानिकगतिबिधि गर्ने ओली गुटसँग सरकारमा सहभागी नहुने:उपेन्द्र यादब

loading views..
Nepal Telcome

 

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन्।

बुधबार संसद बैठकपछि बाहिरिने क्रममा यादवले असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने बताए। उनले भने, ‘हाम्रो मुख्य ध्यय असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउने हो।’

अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा जाने जनता समाजवादी पार्टीको कुनै योजना नरहेको बताए। उनले प्रधानमन्त्रीसँग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा भएको तर्क गरे। जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसँगमात्र सहकार्य गर्ने उनले बताए।

असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने ओलीसँग सहकार्य सम्भावना नभएको उनको भनाई छ। यादवले कांग्रेस र माओवादीसँग मिलेर  सरकारमा जान पार्टी खुल्ला रहेको बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link