Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

loading views..
Nepal Telcome

पोखरा।पछिल्लो  समय कुखुराको   मासुको   मूल्य   दिन   प्रतिदिन उकालो  लाग्नेक्रम  जारी  छ।  काठमाडौँ र   चितवनमा   कुखुराको   मासुको   मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

राष्ट्रिय  कुखुरा  व्यवसायी  सङघका अध्यक्ष   जङगबहादुर   बीसीका   अनुसार शुक्रबार    कुखुराको    मासु    प्रतिकेजी काठमाडौँमा  ४३०  रुपियाँ  र  चितवनमा चार  सय  रुपियाँमा  कारोबार  भइरहेको  छ ।  साना  व्यवसायीले  यो  मूल्यभन्दा  १०/१५ रुपियाँसम्म  बढी  मूल्यमा  कुखुराको  मासुको कारोबार गरिरहेको पाइन्छ। “पछिल्लो   एक   महिना   लगातार कुखुराको  मासुको  मूल्य  बढिरहेको  छ।

अझै  केही  समय  यही  मूल्य  कायम  रहने देखिन्छ।”  अध्यक्ष  बीसीले  भने,  “यो मूल्य  अहिलेसम्मकै  उच्च  मूल्य  हो।”  व्यवसायीले   किसानबाट   जिउँदो   कुखुरा प्रतिकिलो  काठमाडौँमा  ३१०  र  चितवनमा २८५ रुपियाँमा खरिद गर्ने गर्छन् । गोरखापत्रमा खबर छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link