Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

सीसीएमसीको निर्णय मन्त्रिपरिषदको बैठकद्वारा अनुमोदन

loading views..
Nepal Telcome

पोखरा। मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका निर्णयलाई अनुमोदन गरेको छ। सीसीएमसीले सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो। सहरी क्षेत्रमा ५ सय संक्रमित र पहाडी जिल्लामा २ सय संक्रमित नाघेपछि निषेधाज्ञा लगाउन सकिने सीसीएमसीको निर्णय थियो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले लाई जानकारी दिए। जसअनुसार बिहीबारदेखि लागू हुनेगरी उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ। त्यस्तै बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल-भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन्। सरकारको निर्णयबाट उनीहरु प्रभावित हुनेछन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link