Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

खड्ग ओलीको ठाडो आदेशमा दीपक मनांगे मन्त्री बने

loading views..
Nepal Telcome

पोखरा।विवादित छविका प्रदेश सांसद् राजिव गुरुङ उर्फ (दीपक मनाङे) गण्डकी प्रदेशको मन्त्री नियुक्त भएका छन् ।

प्रदेशसभामा आफूविरुद्धको अविश्वास प्रस्ताव प्रक्रियामा अघि बढिसकेका बेला मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । मनाङे स्वतन्त्र सांसद हुन् । उनले बिहीबारै प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेशसभामा यसअघि सत्ता पक्षको बेञ्चमा बस्दै आएका मनाङेले केही दिनअघि मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियतमा बस्ने ठाउँको छुट्टै व्यवस्था मिलाउन माग गरेका थिए । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन बिहीबार मनाङले संसदमा अनुपस्थित थिए ।

गुण्डागर्दी पृष्ठभूमिका मनाङे सांसद निर्वाचित भएपछि पनि केही समय थुनामा थिए । श्रोतका अनुसार प्रदेश सरकार टिकाउन प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । गुरुङ ओलीका बफादार मानिन्छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link