Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कप्पल फोटो प्रतियोगिताको लागि दाङको संयोजकमा दुर्गाप्रसाद चौधरी

loading views..
Nepal Telcome

पोखरा । फोटोग्राफीको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको फोटो पसल प्रालिले १८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि तयारी तीव्र पारेको छ । विभिन्न जिल्लाबाट संयोजक चयन तथा फाटो कलेक्सनको कार्य भइरहेको छ । यसैक्रममा दाङ जिल्लाबाट सत्य साई डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ्ग सेन्टरका सञ्चालक तथा फोटोग्राफर दुर्गा प्रसाद चौधरीलाई जिल्ला संयोजक चयन गरिएको छ ।

१८२औं विश्व फोटोग्राफी दिवस अर्थात आगामी भाद्र ३ गतेलाई मध्य नजर गरेर फोटोग्राफरहरूलाई उत्साहित बनाउन  फोटो पसलले आयोजना गरेको कप्पल फोटो प्रतियोगितामा दाङ जिल्लाबाट  सत्य साइ डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ्ग सेन्टरका संञ्चालक तथा फोटोग्राफर दुर्गा प्रसाद चौधरीलाई जिल्ला संयोजक चयन भएका छन्। विगत लामो समयदेखि फोटोग्रफीमा सक्रिय रुपमा लागेका चौधरी सन २०१७ देखि जिल्ला फोटोग्राफर संघ दाङमा आवद्ध छन । संयोजक चौधरीले विश्व फोटोदिवसमा फोटो पठाउनको लागि सवैमा अनुरोध गरे ।

फोटोग्राफर चौधरीले यो प्रतियोगिताले ब्यबसायिक गन्तब्य तय गर्न पनि महत्वपूर्ण भूमिका तथा  खेल्ने विश्वास लिए ।प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा फोटो पसलका निर्देशक हरि पाण्डेले भने, ‘आगामी दिनमा फोटो पसलललाई उहाँजस्ता जुझारु फोटो ग्राफरहरुको खाँचो रहेको छ । हामी देशभरबाट जिल्ला संयोजक चयन गरेर व्यावसायिक फोटोग्राफीमा जोड दिने छौं ।’

हरि पाण्डेले आफूले खिचेको डिजिटल फोटो फोटो पसलको वयबसाइट https://www.photopasal.com/award मा गइ नियम पढेर त्यसै भित्र रहेको मेल मार्फत प्रतियोगिको आफ्नो सामान्य जानकारि पठाएर सहभागी हुन पाउने बताए । उनले भने, ‘यो निशुल्क नै हुनेछ, भने यस प्रतियोगितामा दक्षिण नेपाल, अमेरिका र भारतबाट वरिष्ठ फोटोग्राफरहरूको निर्णायक मण्डल चयन गरिएको छ ।’

यस्तो प्रतियोगीताले फोटोग्राफिको क्षमता विकास गर्दै अन्तराष्ट्रिय रूपमा नेपाली फोटोग्राफरको पहिचान समेत गराउने लक्ष्य लिएको पाण्डेले बताए । उनले भने, ‘यस प्रतियोगिताले व्यवसायी फोटोग्राफरलाई मात्र नभएर समग्र फोटो उपभोक्तालाई पनि फाइदा मिल्नेमा दुइ मत छैन ।’

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link