Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बियो

loading views..
Nepal Telcome

पोखरा। कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ ।कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् ।

भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले कृषि र निर्माण क्षेत्रमा केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।

‘संक्रमण पनि नघटेको र खेतीपातीको सिजन पनि सुरु भएकाले यो परिस्थितीलाई ध्यानमा राख्दै निषेधाज्ञा थप्ने निर्णय गरेका छौं’ भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले  भने, ‘संक्रमण दर ३० प्रतिशत तल नघटेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हो ।’

बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक-अवे सेवा दिन पाउनेछन् भने होम डेलिभरी सेवा पनि पाइनेछ ।इलेक्ट्रिक र हार्डवेयर पसल बेलुका ४ बजेपछि खुल्न पाउने भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link