Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

गोरखामा रात्री बस दुर्घटना

loading views..
Nepal Telcome

गोरखा। काठमाण्डौँबाट गोरखा हुँदै सोतीका लागि छुटेको रात्रीबस आज बिहान दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएका छन् ।

ग १ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ मुरलीचोकमा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।
गोरखा धार्चे ६ का वर्ष ५० को सुरमान घले, भिमसेन थापा ३ बस्ने वर्ष २९ को उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, उज्वल पुडासैनी र धार्चे स्थित केरौँजा बस्ने वर्ष ३२ को कान्छि गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउको र छात्तीमा चोट छ । गम्भिर घाईते तीन जनालाई काठमाण्डौँ र दुई जनालाई गोरखा अस्पतालमा उपचारका लागि लगिँदै छ ।
बसमा करिब ४० जना सवार रहेको र अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको ट्राफिक प्रमुख ढकालले बताए । चालक इलाका प्रहरी कार्यालय आरुघाटको नियन्त्रणमा छन् । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link