Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा उच्च हुने

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ । गृह मन्त्रालयका विज्ञहरुले सोमबार यस्तो प्रक्षेपण गरेका हुन् । तेस्रो लहरबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने विज्ञहरुले बताएका छन् ।

भारतमा कोरोनाको पहिलो लहर सन् २०२० को सेप्टेम्बरमा उच्च बिन्दुमा पुगेको थियो भने दोस्रो लहर यसै वर्षको मेमा क्लाइमेक्समा पुगेको थियो । गृह मन्त्रालय मातहतको विपद् व्यबस्थापनसम्बन्धी राष्ट्रिय संस्थाले तेस्रो लहरबारे गरेको अध्ययन प्रक्षेपण प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको थियो ।

बालबालिकामा खोप अभियान तीब्र पार्नुपर्ने सुझाब भारतीय विज्ञहरुले दिदै आएका छन् । त्यस्तै, असक्त र बाल उपचार केन्द्रका बालबालिकालाई पनि खोप लगाइनुपर्ने सुझाब दिइएको छ ।

गत साता भारतीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियले बालबालिकालाई चाँडै नै कोभिडबिरुद्ध खोप लगाइने बताएका थिए । सरकारले दुईदेखि १८ वर्ष उमेरका व्यक्तिलाई लक्षित गरि कोभ्याक्सिन ल्याउन लागेको र त्यसको परीक्षण सेप्टेम्बरसम्म हुने बताएको छ । एजेन्सीको सहयोगमा न्युजकारखानाबाट साभार
 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link