Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

अब मोबाइल बैंकिङको फण्ड ट्रान्सफर निःशुल्क

loading views..
Nepal Telcome

पोखरा। दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै मोबाइलबाट हुने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ ।

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको हो ।

चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर निःशुल्क गरेको हो ।

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ ।

यो योजना असोज २० गतेदेखि कार्तिक २५ गतेसम्म लागू हुनेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link